Logo

सुनचाँदीको भाउ बढ्यो



काठमाडौँ, १६ माघ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सोमबार तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्