काठमाडौँ, ७ फागुन । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ ।
शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।







