Logo

सुनचाँदीको भाउ बढ्यो



काठमाडौँ, ३ साउन । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको छ ।

चाँदी आज तोलाको एक हजार चार सय ९० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्