Logo

सुनचाँदीको भाउ लगातार बढ्दै



काठमाडौँ, १३ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख एक हजार एक सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्