काठमाडौँ, २८ असोज । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेको छ ।
बिहीबार ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि तोलामा ५ रुयैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।