Logo

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ, ३ पुस । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी तेजाबी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्