Logo

सुनचाँदी फेरि महँगियो: बुधबार दुवै धातुको मूल्य नयाँ उचाइमा



काठमाडौं, ३० पुष । नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाउने क्रम बुधबार पनि जारी रहेको छ। अघिल्लो दिनको मूल्यलाई उछिन्दै सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। बुधबार एकैदिन चाँदी प्रतितोला ३१५ रुपैयाँले बढ्दै ५ हजार ६५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्