सुनसरी, २३ माघ । सुनसरीको प्रमुख जिल्ला अधिकारीमा हुमकला पाण्डे सरुवा भइ आएकी छन् । प्रजिअ इन्द्रदेव यादवको सर्लाही सरुवा भएपछि पाण्डे सुनसरी आएकी हुन् ।
पाण्डे तीन वटा जिल्लाको प्रजिअ भइसकेकी छन् । प्रजिअ पाण्डेले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताएकी छन् ।






