सुनसरी, ३० असार । सुनसरीको हरिनगरमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् ।
राती २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् । गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु राती राती आउने गरेको र हिजो पानी राती आएर गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो ।
हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाले बताउनुभयो । यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।