Logo

सुनसरीमा मोटरसाइकल दुर्घटना: तीन जनाको ज्यान गयो



सुनसरी, ६ साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

गएराति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा रहेका चार जनामध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा इटहरी १६ बस्ने करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते प्रेमलाल चौधरीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको जीपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्