सुनसरी, १३ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन् ।
अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याइन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराइन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् ।







