Logo

सुनसरी-४ मा एमालेका कुसियैतलाई हराउँदै कांग्रेसका कार्की निर्वाचित



सुनसरी, १५ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर १ सय १२ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्