Logo

सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति



सुनसरी, १३ मंसिर । विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो ।

शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ ।

कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुन: मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएपछि आजदेखि गणना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्