Logo

सुनसरी-४ मा मतगणना अन्तिम चरणमा: कांग्रेसका कार्की ६८ मतले अगाडि



सुनसरी, १५ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी-४ मा मतगणना भइरहेको छ ।

गणना अन्तिम चरणमा पुगेको छ । अब गणना गर्न बाँकी मत ३ सय ५८ मात्रै रहेको छ ।

सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो मतगणनाको विवरण अनुसार कार्की ६८ मतले अगाडि छन् । कांग्रेसका कार्कीले ३० हजार ३०९ र एमालेका कुसियैतले ३० हजार २४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्