सुनसरी, १० मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना राेकिएकाे छ ।
नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि मतगणना राेकिएकाे हाे ।
निर्वाचन आयाेगले ६ सय ६ मत एमालेकाेमा जाेडेकाे भन्दै कांग्रेसले विराेध गरेकाे हाे । अहिले सर्वदलीय बैठक चलिरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
पछिल्लाे मत परिणामअनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिएका छन् ।
अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उनले २३ हजार ७९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मतसहित पछ्याइ रहेका छन् ।







