Logo

सुन्दरहरैचामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु



मोरङ, १२ पुस । मोरङको सुन्दरहरैचामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका-८ स्थित सडकमा को १ त ५७८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक बेलबारी नगरपालिका-७ बस्ने ४० वर्षीय एकराज श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्