Logo

सुन काण्डमा मेरो संलग्नता छैन: महरा



फायल तस्बिर

काठमाडौँ, १८ साउन । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेखेर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको विषय अगाडि नै प्रष्ट पारिसकेको भन्दै थप स्पष्ट पार्न चाहेको बताएका हुन् ।

उनले आफ्नो भनी सञ्चारमाध्यममा आएको मोबाइल नम्बर पनि आफ्नो नरहेको र त्यो नम्बर प्रयोग नै नगरेको प्रष्टीकरण दिएका छन् । उनले आवश्यक परे छानबिनमा सघाउने भन्दै भ्रममा नपर्नसमेत आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्