Logo

सुन-चाँदीको भाउ घट्यो



काठमाडौँ, १ भदौ । सुनचाँदीको भाउ आज केही घटेको छ ।

सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्