Logo

सुन चाँदीको भाउ घट्यो



काठमाडौँ, २५ असोज । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।

सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्