Logo

सुन चाँदीको भाउ घट्यो



फायल तस्बिर

काठमाडौँ, २० मंसिर । लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्