काठमाडौँ, २६ मंसिर । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँ थियो ।
यस्तै, चाँदी आज एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।







