Logo

सुन चाँदीको भाउ बढ्यो



झापा, १६ मंसिर । सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ । बिहीबार पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्