Logo

सुन चाँदीको भाउ बढ्यो



काठमाडौँ, १९ पुस । सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको भाउ तोलामा एक लाख एक हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्