Logo

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ



फायल तस्बिर

काठमाडौँ, २० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित शुक्रवार एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार शुक्रवार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैधरूपमा लुकाइछिपाई भन्सार छली लैजान लागेको अवस्थामा उक्त धातुको एक थान बालासहित त्यहाँ खटिएका प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका इस्हाबलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्