Logo

सुन जस्तो पहेलो धातु देखाई ठगी गर्ने पक्राउ



झापा, ३ जेष्ठ । झापाको दमकवाट सुन जस्तो पहेलो धातु देखाई ठगी गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका हाट बजार क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गर-गहनासँग सट्टापटा गरी ठगी गर्ने मोरङ उर्लाबारी नगरपालिका वडा नं. ५ का सन्जित शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्