Logo

‘सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा सत्यता छैन’



काठमाडौँ, ६ साउन । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने जिकिर गरेका थिए ।

आफू गृहमन्त्री हुँदा सुनकाण्ड नभएको भन्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको बताए ।

आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको भनाइ थियो ।

अहिले तस्करीको सुन कुन देशबाट आयो भन्ने पनि महत्त्वपूर्ण विषय भएको उनले बताए । तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्