Logo

सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छ: पोखरेल



काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

आइतबार ४५औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँमा आयोजना गरेको ‘समाज रूपान्तरणमा पुष्पलालको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरू सेटिङमा चलेको देखिएको तर भरियालाई मात्रै पक्राउ गरिएको बताएका हुन् ।

उनले मुलुकमा सरकार रहे पनि आर्थिक विकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको आरोप लगाए । पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढाउन नसकेको बताएका छन् ।

उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्