Logo

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन: गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, ७ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको बताए । अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नगरिएको उनले स्पष्ट पारेका हुन् ।

उनले तथ्य, प्रमाणका आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे । उनले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आउँदा दिनमा पनि हस्तक्षेपबेगर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्