Logo

सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ



काठमाडौँ, २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष जिल्लाका शिवकुमार सर्राफ पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुासर सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्