काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा अनुसन्धान गर्नका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् ।
आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै कोइरालाले सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका हुन् ।
उनले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ ।
तर, सत्ता गठबन्धन र सरकार भने छानबिन समिति बनाउन तयार छैन । यसैबीचमा प्रतिपक्षी दलको मागको पक्षमा बोल्दै कोइरालाले संसदीय समिति गठनको आवश्यकता औँल्याएका छन्। नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन् ।







