Logo

सुन प्रकरणमा सरकारविरुद्ध बोलेपछि सांसद शर्मालाई पक्राउ गरियो: ओली



काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणको विषयमा बोलेकाले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको बताएका छन् ।

आइतबार बालकोट पुगेका सांसद शर्मासँग भेटपछि ओलीले सुन प्रकरणमा सरकारविरुद्व बोलेकाले शर्मालाई पक्राउ गरिएको बताएका हुन् ।

उनले नक्कली सर्टिफिकेट प्रकरणमा ३० वर्षसम्म सरकार के हेरेर बसिरहेको थियो भन्दै प्रश्न गरे । ओलीले बहालवाला सांसदलाई मनमौजी पक्राउ गर्न नमिल्ने बताए। उनले जानकारी नै नगरि कुनै आदेशबिना सांसद शर्मालाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

ओलीले सरकारले संसदमा प्रतिपक्षलाई समेत बोल्न नदिएको भन्दै सरकारको कारण संसद रोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्