Logo

सुन प्रतितोला १ हजार ८ सयले बढ्यो



काठमाडौँ, १६ साउन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्