Logo

सुरक्षा कारबाहीमा एक सातामा अल सबाबका तीन सयभन्दा बढी लडाकु मारिए



सोमालिया, १२ माघ । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् ।

यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अल सबाब सशस्त्र समूहका दुई जना कमाण्डर पनि रहेका छन् ।

देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।

उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकाहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्