Logo

सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु



सुर्खेत, ८ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलास्थित रत्न राजमार्गमा आज बिहान साढे २ बजे भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका-५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेख भैरवी गाउँपालिका-५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्