
सुर्खेत, १२ माघ । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।
वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।
छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए ।
दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।
यसअघि बाँकेको नेपालगञ्जमा र डोटी पुगेका कैलालीको गौरीगंगाका एक बालकमा दादुरको सङ्क्रमण देखिएको थियो । दादुरा निकै सङ्क्रामक रोग भएकाले यो छिट्टै महामारीका रुपमा फैलिने जोखिम हुन्छ ।