Logo

सुवास नेम्वाङकाे निधनकाे शाेकमा बिहीवार सार्वजनिक बिदा



काठमाडौँ, २६ भदौ । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मङ्गलवार एक सूचना निकालेर यसबारेमा जानकारी दिएको हो ।

बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङको गएराति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्