Logo

सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो: थापा



काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुवास नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

मंगलबार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेम्वाङले त्यसबेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

उनले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि बताए । थापाले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रूपमा स्थापित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्