काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्दै छ ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । कार्यक्रम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ ।
विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नेछन् । अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुनेछन् ।
।
एमाले प्रचार विभागका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोशीको इलाममा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहनेछन् ।







