Logo

सुशासन कायम गर्न सबैको भूमिका अपरिहार्य: मन्त्री शर्मा



काठमाडौँ, २४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सुशानसन कायम गर्न सरकारका सबै निकायका साथै जनसाधारणको अहम् भूमिका रहेको बताएकी छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा मन्त्री शर्माले भ्रष्टाचार न्यूनीकरण गर्न कानुन कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्ने आजको प्रमुख मुद्दा भएको विचार प्रकट गरेकी थिइन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा दिइएका र प्राप्त हुने सुझावलाई समेटेर विधेयकलाई समृद्ध तुल्याउँदै कानुनको सही कार्यान्वयन एवं पालनालाई बाध्यकारी बनाउनेतर्फ सबैको चासो हुनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

मन्त्री शर्माले भन्नि, “कुन पार्टीको सरकार छ भन्ने कुराले नीति निर्धारण गर्दैन, आयोगमा को छ भन्ने विषयले पनि अर्थ राख्दैन, मूल विषय भनेको संस्थालाई कस्तो बनाउने र सरकारलाई कसरी जनउत्तरदायी बनाउने भन्ने नै हो ।”

प्रतिक्रिया दिनुहोस्