Logo

सुहाङले मतान्तर नियमित बढाउँदै



इलाम, वैशाख १७ । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर निरन्तर फराकिलो बताउँदै लग्नुभएको छ । अहिले उहाँको मतान्तर ४ हजार ५२३ पुगेको छ । उहाँलाई १२ हजार ४०५ मत प्राप्त भएको छ ।

नेपाली कांग्रेसका डम्बर बहादुर खड्काको ७ हजार ८८२ मत आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ६३६ मत आएको छ ।

अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका –६ को मत गणना भएको छ । मतदानमा इलाम –२ मा ६९ हजार २८७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्