Logo

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन



काठमाडौं, १९ भदौ । सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ।

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औ‍पचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’

ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।

नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।

उहाले मेटालाई सूचीकरणका लागि आवश्यक कागजपत्रको विवरणसहितको ईमेल बिहीबार पठाइसकिएको जानकारी पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्