पोखरा, १ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रतिवेदनमा उल्लेख गरिएका ३७ जनामध्ये १४ जना पक्राउ परेका छन् भने अन्य फरार छन् ।
प्रहरीले उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गर्न पनि माग गरेको हो ।