Logo

सूर्योदयको प्रमुखमा एकीकृत समाजवादीका राई र उपप्रमुखमा कांग्रेसका बराल विजयी



इलाम, ७ जेष्ठ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई विजयी भएका छन् ।

राई १२ हजार ४ सय ३१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । एमालेकी दुर्गादेवी भट्टराईले भने ९ हजार १ सय २२ प्राप्त गरेकी छन् ।

१४ वटा वडा रहेको सूर्योदयमा सात वटा वडाको वडाध्यक्षमा कांग्रेस, पाँच वटा वडामा समाजवादी र दुई वटा वडामा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्