कास्की, १४ फागुन । कास्कीको पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत भेटिएका छन् भने अर्का एक जनाको खोजी भइरहेको छ ।
माछा मार्न गएका पाँच जनामध्ये नदीमा बगेर बेपत्ता भएका पोखरा महानगरपालिका-१ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको हो ।
एकै ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजी भइरहेको छ । माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।






