Logo

सेती नदीमा बगेर एक जनाको मृत्यु



डोटी, मंसिर २५ । डोटीमा सेती नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।

नदीमा बगेर शिखर नगरपालिका-२ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हो ।

स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्