Logo

सेती नदीमा शव फेला



डोटी, १८ असार । डोटीको शिखर नगरपालिका-११ तल्लिसातमा रहेकाे सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

शुक्रवार बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्राे भएको छ ।

नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्