Logo

सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक



काठमाडौँ, १९ असार । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ ।

नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ ।

सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू ९इन्टरनेसनल युनिट० प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्