सेनेगल, २४ पुस । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।
दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए ।
“यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।
स्थानीय समयअनुसार आइतबार बिहान ३:१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए ।







