Logo

सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु हुँदैन: नेपाल



काठमाडौँ, ११ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन् ।

उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए । उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए ।

उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ । हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठीक हो । व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठीक हो । नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ । अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन ।’

आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्