Logo

सेना फिर्तीको घोषणापछि रुस समस्यामा परेको बाइडनको भनाइ



बाजुरा, २४ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको ‘केही वास्तविक समस्याहरू’ सङ्केत गरेको बताएका छन् ।

बाइडनले ‘केही समय’देखि आफूले यस्तो कदम अपेक्षा गरेको र यसले दुवै पक्षलाई आगामी हिउँदमा ‘आफ्नो स्थिति पुनर्मुल्याङ्कन’ गर्न मद्दत पुर्‍याउने बताए ।

खेअरसन रुसी सेनाले कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर हो । तर बुधवार युक्रेनमा रहेका रुसी कमान्डरले अब उक्त सहरलाई आपूर्ति गर्न सम्भव नभएको बताएका थिए ।

केही साताअघि कमान्ड पाएका जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत् सेनाका शीर्ष अधिकारीसँगै सेना फिर्तीको घोषणा गरेका थिए । उनले रुसी सेनाहरू निप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुने पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्